०७ असार २०८३, आइतबार

कोरोना परीक्षण गर्ने व्यक्तिको ठेगाना गडबड भए कारवाही हुने

कोरोना परीक्षण गर्ने व्यक्तिको ठेगाना गडबड भए कारवाही हुने

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिहरूको ठेगाना उल्लेख गरेर गडबडी भएको भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हाल बसोबासको ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

बुधवार देशभरका सबै प्रयोगशाला र नमूना संकलनकर्ताहरूलाई परिपत्र पठाउँदै केन्द्रले संक्रमितको ठेगानाको एकरूपता र संक्रमितको सम्पर्कमा आएकाहरूको खोजपड्तालका लागि हालकै ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १५ गतेको सचिवस्तरीय निर्णयका आधारमा ठेगाना अन्यथा भई कुनै समस्या र उजुरी आएमा नियमानुसार कारवाही हुने समेत परिपत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्