१२ असार २०८३, शुक्रबार

कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने

कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने

सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको सम्पन्न आठौं गाउँसभाले सिँचाइ, मलखाद र बीउबिजनलगायतका समस्याका कारण मारमा परेका किसानले सिँचाइका लागि जडान गरेको कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय गरेको हो ।

कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन आगामी २०७८ वैशाखदेखि कृषि मिटरको महसुल गाउँपालिकाले नै तिरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

कृषि विद्युतीकरणमा गाउँपालिकाले ८० प्रतिशत काम पूरा गरिसकेको र बाँकी २० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने अध्यक्ष यादवले बताए । शिक्षाको स्तरोन्नतिको निम्ति विभिन्न खालको प्रयोगात्मक परीक्षाको व्यवस्था गरिने र स्वास्थ क्षेत्रलाई मजबुत पार्न कोरोना अस्पताल तथा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्