०८ साउन २०८३, शुक्रबार

बेलायतबाट नेपाल फर्किएका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

बेलायतबाट नेपाल फर्किएका ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातीको कोरोना भाइरस (सार्स कोभिड २) पुष्टि भएको छ । 

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमवार एक विज्ञप्ति जारी गर्दै ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पाइएको बताएका हुन् । 

डा. गौतमले बेलायतमा देखिएकै नयाँ भेरियन्ट नेपालमा देखिएको बताएका छन् । ३ जनामध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा भने पोजेटिभ नै रहेपनि लक्षण नदेखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

संक्रमित तीनै जना बेलायतबाट केही दिनअघि नेपाल फकिएका थिए भने गत पुष २७ गते उनीहरूको स्वाव विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोागशालामा पठाइएको थियो । 

हङकङ प्रयोगशालाबाट सोमवार नै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको पुष्टि सहितको इमेल मन्त्रालयलाई आएको थियो । 

मन्त्रालयले नेपालमा भ्याक्सिनको उपलब्ध नभएसम्म जोखिम भइरहने बताउँदै स्वास्थ्यसम्बन्धि मापदण्डको पूर्ण पालना गर्न सबैलाई आह्वान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्