३१ जेठ २०८३, आइतबार

गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ की २५ वर्षीया महिला हुन् ।

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ६७१ पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमित ४६४ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्