११ असार २०८३, बिहीबार

देशभर थपिए २१३ कोरोना संक्रमित, थप मृतकको संख्या शून्य

देशभर थपिए २१३ कोरोना संक्रमित, थप मृतकको संख्या शून्य

पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन् भने ३ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २९६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

कोरोनाले पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने कूल संख्या २ हजार २० रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्