×

NMB BANK
NIC ASIA

ट्याक्सीधनीको रोदन– १० वर्ष गाडी चलाएर जोडेको सम्पत्ति सखाप भयो, सोच्नै सकेको छैन

माघ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ घर भएका कुम्भनारायण श्रेष्ठ सधैँ झैं बिहीवार पनि झिसमिसेमै ट्याक्सी लिएर सडकमा निस्किए ।

Sagarmatha Cement
Muktinath Bank

गोंगबुस्थित नयाँ बसपार्कमा पुग्दा कपुरधारा पुग्ने यात्रु भेटिए । ती यात्रुलाई कपुरधारामा छाडेर फर्किने क्रममा बिहान ५ बजे उनी गोंगबुस्थित रेडनपुलमा आइसकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुलनजिकै २ युवा सडकमा रहेछन् । उनीहरूले ट्याक्सी रोक्न हातले इशारा गरे । यात्रु नै ठानेर श्रेष्ठले ट्याक्सी रोके ।


Advertisment
Nabil box
Kumari

त्यसपछि एकजनाले अगाडि आएर उनीसँग भने– 'हामीलाई बसपार्कसम्म पुर्‍याइदिनुपर्‍यो ।'

Vianet communication
Laxmi Bank

उनले बस्नुस् न भनेर भन्न मात्र के भ्याएका थिए, गाडीमा पेट्रोल गन्हाइहाल्यो । पछाडि रहेको व्यक्तिले ट्याक्सीमा पेट्रोल छर्किन भ्याइसकेछन् ।

श्रेष्ठले के हुँदैछ भनेर सोच्न पनि नपाउँदै आगो लगाएर दुवै जना भागिहाले ।

‘रोक्न इशारा गर्ने एक जना ट्याक्सीमा चढ्न खोजेको जस्तो गर्दै थिए, अर्कोले पछाडिबाट ट्याक्सीमा पेट्रोल छर्किसकेको रहेछ,' श्रेष्ठले लोकान्तरसँग भने, ‘अर्कोले लाइटर पनि रेडी पारेको रहेछ, आगो सल्काएर भागिहाले ।’

प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी उनकै अगाडि दनदनी बल्न थाल्यो ।

वरपर भएका मानिसहरू र प्रहरीहरू आएर आगो निभाउन प्रयास गरे ।

नजिकैको घरबाट पाइप ल्याएर आगो निभाउँदानिभाउँदै उनको गाडी आधाभन्दा बढी जलिसकेको थियो ।

श्रेष्ठले १० वर्षसम्म अरूको ट्याक्सी चलाएको पैसा डाउन पेमेन्ट गरी बैंकबाट किस्तामा ट्याक्सी किनेका रहेछन् ।

३ किस्ता तिर्न नपाउँदै ट्याक्सी खरानी भएको छ ।

‘१० वर्ष अरूको ट्याक्सी चलाएर एउटा ट्याक्सी किनेको थिएँ, तर त्यो पनि सखाप भयो,’ चालक श्रेष्ठले लोकान्तरसँग भने, ‘अब के गर्ने, के नगर्ने..., सोच्नै सकेको छैन ।’

संवैधानिक नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको सबैभन्दा बढी निशानामा श्रेष्ठ परेका छन् ।

यसबाहेक अन्य अप्रिय घटना राजधानीमा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए ।

‘हामीले उपत्यकाको गोंगबु, चाबहिल, बालाजुलगायतका ठाउँबाट ७७ जनालाई नियन्त्रणमा लिएका छौं,’  हरि पालले भने,‘एउटा घटना बाहेक अन्य कुनै पनि अप्रिय घटना भएका छैनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x