१५ असार २०८३, सोमबार

भारत : गणतन्त्र दिवसको दिन लाल किल्लामा हंगामा मच्चाउने सिद्धु पक्राउ

माघ २७, २०७७
भारत : गणतन्त्र दिवसको दिन लाल किल्लामा हंगामा मच्चाउने सिद्धु पक्राउ

भारतको गणतन्त्र दिवस अर्थात् जनवरी २६ मा लाल किल्लामा भएको उपद्रवको मुख्य आरोपित दीप सिद्धुलाई प्रहरीले पक्राउ गरेको छ । 

दिल्ली प्रहरीको विशेष इकाइले सिद्धुलाई पक्राउ गरेको छ । उनीमाथि किसानहरूको ट्य्राक्टर र्‍यालीका क्रममा लाल किल्लाको प्राचीरमा झण्डा फहर्‍याएको आरोप छ । 

घटना भएदेखि नै सिद्धु फरार थिए । उनको सूचना दिनेलाई दिल्ली प्रहरीले एक लाख भारुको पुरस्कार पनि राखेको थियो । 

फरार भए पनि सिद्धुले लगातार फेसबूकबाट भिडियो मेसेज जारी गरिरहेका थिए । 
 

पञ्जाबी फिल्ममा खेल्ने सिद्धुलाई समात्न दिल्ली प्रहरी पञ्जाब पुगेको थियो । 
 

पञ्जाबको मुक्तसर जिल्लामा सन् १९८४ मा जन्मेका सिद्धु तीन नयाँ कृषि कानूनविरुद्ध लगातार आन्दोलनमा छन् । 

उनको पहिलो पञ्जाबी फिल्म रमता जोगी सन् २०१५ मा रिलीज भएको थियो । सन् २०१८ मा आएको दोस्रो फिल्म जोरा दास नम्बरिया हिट भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्