सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐ ६ मा ग्रान्डी अस्पताल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरे ।
समुद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सातै प्रदेशमा सानिमा बंैकका कुल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएम सञ्चालनमा रहेका छन् ।