बलिउड अभिनेत्री दिया मिर्जा र व्यापारी वैभव रेखीको सोमवार साँझ विवाह भएको छ ।
उनीहरूले परिवार र नजिकका साथीभाइको उपस्थितिमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।
विवाहका तस्वीरहरू धमाधम आइरहेका छन् ।
दुलहीको वस्त्रमा सजिएकी दिया निकै सुन्दर देखिएकी थिइन् । उनले रातो पारम्परिक सारी लगाएकी थिइन् ।
दिया पहिलेदेखि नै सरल किसिमको लुगा लगाउने र धेर तडकभडक नगर्ने खालकी हुन् । विवाहमा पनि उनी कुनै डिजाइनरको भारीभरकम सारी नलगाएर सिम्पल र सोबर परिधानमा सजिएकी थिइन् ।
रेड ब्रोकेड सिल्क सारीमा सुनका डिजाइनहरू देखिन्छन् जसलाई जंगला प्याटर्न भन्ने गरिन्छ । सुनको नेकपीस र भारी झुम्काले पनि उनको सुन्दरतालाई थप निखारेको थियो ।
दुलाहा वैभवले फेशन डिजाइनर राघवेन्द्र राठोर जोधपुरले बनाएको वस्त्र लगाएका थिए । 
