०५ असार २०८३, शुक्रबार

५० हजार घुस लिएको आरोपमा कर्मचारी समातिए

फागुन २१, २०७७
५० हजार घुस लिएको आरोपमा कर्मचारी समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा आज वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वाग्मती  प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् ।

टोलीले  हेटौँडा–स्थित पर्यटन विकास आयोजनामा परिसरबाटै रु ५० हजारसहित लामिछानेलाई  पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्