
काठमाडौं, ८ जेठ– दुई हजार वर्ष पहिला प्राचीन सिल्क रोड पूर्व र पश्चिमको व्यापारिक तथा संस्कृतिक रुपमा जोड्थ्यो । चीन यसलाई तिव्र गतिका रेलको माध्यबाट फेरि यसलाई जिवित पार्ने प्रयासमा छ ।
यो निकै ठूलो र खर्चिलो पूर्वाधार परियोजना हो जसमार्फत चीन संसारमा आफ्नो प्रभाव बढाउन चाहन्छ । चीनले बन्दरगाह, सडक र रेल सेवाको पुनर्निर्माणका लागि महत्वाकांक्षी आर्थिक योजना शुरु गरेको छ, जसमा चीनले अर्बौं डलर खर्च गर्नेछ ।
यसलाई ‘वन बेल्ट वन रोड’ (न्यू सिल्क रुट) नाम दिइएको छ । यसमार्फत चीन पूर्व र पश्चिमलाई जोड्ने दुई हजार वर्ष पुरानो सम्बन्धलाई पुनर्जिवित गर्न चाहन्छ ।
यसै हप्ता चीनियाँ राष्ट्रपति शी चिनफिङले भनेका थिए, ‘हामी चाहन्छौं कि विश्वको प्रगतीका लागि नयाँ आर्थिक शक्ति खडा गरौं, विकासका नयाँ योजना बनाऔं र विश्वव्यापिकरणलाई यस्तो तरिकाले दोस्रो पटक सन्तुलित गरौं कि त्यो हरेक मानिसको पहुँचमा होस् ।’ उनका अनुसार नयाँ सिल्क रुटको उद्देश्य एसिया र संसारका बाँकी देशसँग सम्बन्ध सुधार्नु हो ।

नयाँ सिल्क रुटको पहिलो ‘कोओपरेशन फोरम’ गत सोमबार बेइजिङमा समाप्त भयो जसमा रुस र टर्कीका राष्ट्रपति तथा अर्जेन्टिना र चिलीका नेता समावेश भए । वल्र्ड बैंकका अध्यक्ष जिम योंग किमले यसलाई ‘महत्वाकांक्षी र आफ्नो प्रकारको पहिलो प्रयास’ बताएका छन् ।
आधिकारिक तथ्यांक अनुसार यसका लागि अहिलेसम्म २ खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक व्यवस्था भएको छ । सेप्टेम्बर सन् २०१३ मा जिनपिंगले यसको आधारशिला राखेका थिए ।
कागजमा चीनको उद्देश्य यूरोप, एशिया, अफ्रिका र अन्य स्थानमा आर्थिक एकीकरण बताएका छन् । तर केही पश्चिमी देशले भने यो अर्थव्यवस्थाले आफ्नो असर बढाउने कोसिस भएको बताएका छन् ।
बीबीसीका चीन मुद्दाका विशेषज्ञ क्यारी ग्रेसका अनुसार मध्य एशिया र पाकिस्तान र श्रीलङ्काको बन्दरगाहसम्म तेल र ग्यासको पाइपलाइनको प्रयोग भविष्यमा सैन्य उद्देश्यमार्फत पनि गर्न सकिन्छ ।
तपाईंलाई ती पाँच ठूला परियोजनाबारे यहाँ जानकारी दिइँदैछ जसलाई आर्थिक कारोबार बढाउनका लागि चीनले सुरु गरेको छ ।
१. चीन र युरोपबी तिव्र गतिका मालगाडीखर्चः २ खर्ब ४२ अर्ब अमेरिकी डलर
चीनले अहिले यस्ता २० रेल लाइन चलाउँछ जुन सिधा लण्डन, म्याड्रिड र रटरड्याम जस्ता युरोपेली शहरसँग जोडिन्छ । चीन र म्याड्रिड बिच एक वर्ष अघिदेखि रेल चलिरहेको छ र यो संसारको सबैभन्दा लामो रेल सेवा हो ।
अब जिनपिंग सरकार यो नेटवर्क अनुकूल र अत्यधिक तीब्र बनाउन चाहन्छ । यद्यपी, यो चीनियाँ उत्पादन लैजाने पारम्परिक तरिकाको तुलनामा खर्चिलो हुनेछ ।

चीनको योजना अनुसार बेइजिङबाट मस्कोको बिच ७ हजार किलोमिटरको दुरी ३० घण्टामा पूरा गर्ने उच्च गतिको रेल चलाइनेछ । रुसी सरकारको नियन्त्रण भएको रुसी रेलवे कम्पनीका अनुसार यसको पहिलो चरण सन् २०२५ सम्म पूरा हुने सम्भावना रहेको छ ।
क्यारी ग्रेसका अनुसार यसमार्फत् चीन अफूलाई एक ग्लोबल व्यापारिक ताकतको रुपमा स्थापित गर्न चाहन्छ ।
२. एशियामा रेल सञ्जालयसको दुई भाग छन् ः
दक्षिण–पूर्व एसियामा खर्चः ७ अर्ब अमेरिकी डलर (कुनमिंग र विएंटिएनको बिचको रेलका लागि)
चीनले आफ्नो दक्षिणी शहर कुनमिंगलाई लाओसको विएंशिएन र बर्माको रेलवे नेटवर्कसँग जोड्ने योजना बुनेका छ । यदि चीनले यो काम पूरा गर्न सक्यो र थाइल्याण्ड, कम्बोडिया र भियतनाममा प्लान गरिएको दोस्रो प्रोजेक्ट सुरु गर्न सक्यो भने चीन दक्षिण पूर्वी एशियाका विभिन्न इलाकामा आफ्नो जाल बिछ्याउन सक्छ ।

इन्डोनेसियामा हाइस्पिड ट्रेनको खर्चः ५ अर्ब ९० करोड अमेरिकी डलर
चीन जकार्तादेखि बांडुंगबिच इन्डोनेसियाको पहिलो हाइस्पिड रेलवे लाइन बनाइरहेको छ । यद्यपी, थुप्रै जापानी कम्पनीले पनि यो प्रोजेक्ट हाँसिल गर्ने कोसिसमा थियो तर इन्डोनेसियाली सरकारले चीनियाँ कम्पनीलाई चुन्यो ।
३. चीन–पाकिस्तान करिडोरखर्चः ५५ अर्ब अमेरिकी डलरपाकिस्तानसँग आफ्नो पुरानो र राम्रो सम्बन्धको फाइदा उठाउँदै चीनले त्यहाँ लगानी गर्नेछ र अरब सागरको ग्वादर पोर्टको विकासमा मद्दत गर्नेछ । दुबै देश मिलेर चीनको सिलिकन भ्याली भनिने ‘शेन्जेन’ लाई पाकिस्तानी संस्करण बनाउन चाहन्छन् ।

यो प्रोजेक्टमार्फत चीनलाई आफ्नो उत्पादन निर्यातका लागि एक स्थलमार्ग पाउनेछ र समुन्द्री डाँकु र खराब मौसम भएको मलक्काको खाडी बाटोबाट छुटकारा पाउनेछ ।
यो प्रोजेक्टमा विश्वको सबैभन्दा अग्लो काराकोरम सडकको विस्तार पनि समावेश छ जसले चीन र पाकिस्तानलाई जोड्नेछ ।
४. श्रीलंकामा बन्दरगाहको विकासखर्चः १ अर्ब ४० करोड अमेरिकी डलरचीनको नयाँ सिल्क रोड जमिनमा मात्र सिमित हुँदैन । जिनपिंग समुन्द्री बन्दरगाहको विकासमा पनि विचार गरिरहेका छन् । श्रीलङ्काका् राजधानी कोलोम्बो उनको प्राथमिकतामा छ ।

यद्यपी, श्रीलङ्कामा सत्ता परिवर्तनबाट प्रोजेक्टमाथि असार परेको थियो । तर कुराकानीपश्चात् काम दोस्रो पटक सुरु भएको छ ।
५. अफ्रिकामा ठूलो खर्चखर्चः १३ अर्ब ८० करोड अमेरिकी डलरकेन्याका दुई मुख्य शहर – नैरोबी र मोम्बासालाई जोड्ने एक रेल रुट पनि चीनले बनाउने भएको छ । यो पश्चिमी अफ्रिकामा बनाइने त्यो सबैभन्दा ठूलो ट्रान्सपोर्ट नेटवर्कको हिस्सा हो जो केन्यालाई युगान्डा, दक्षिणी सूडान, रवान्डा र बुरुन्डीको राजधानीलाई जोड्नेछ ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट तटीय देश जिबूतीसम्म एक ट्रेन लिकिंगको उद्घाटन भइसकेको छ । समून्द्रको यसै हिस्सामा चीनियाँ कम्पनी एक लोजिस्टिक्स सेन्टर पनि बनाइरहेको छ ।
सामरिक मामलाका प्रोफेसर पिटर डटनले ‘द न्यूयोर्क टाइम्स’ सँग कुराकानीमा यसलाई ‘भारी रणनीतिक विकास’ भनेका छन् ।
उनले भने, ‘यो अफ्रिकामा चीनियाँ व्यापार र क्षेत्री हितको रक्षाका लागि गरिएको शक्तिको विस्तार हो । विस्तारवादी शक्तिले धेरैजसो यस्तै गर्छन् र चीनले करिब २ सय वर्ष अघिको बेलायती विस्तारवादबाट पाठ सिकेको छ । ’
बीबीसी हिन्दीबाट अनुवादित