०५ असार २०८३, शुक्रबार

भेटियो सुनको पहाड, अनि भयो यतिसम्म

जेठ २८, २०७८
भेटियो सुनको पहाड, अनि भयो यतिसम्म

मध्य अफ्रिकाको कंगोमा नयाँ पहाड पत्ता लागेको छ । त्यसको ६० देखि ९० प्रतिशत भागमा सुन रहेको बताइएको छ ।

रोयटर्स समाचार संस्थाले दिएको खबरअनुसार, स्थानीयहरूलाई यस पहाडको बारेमा जानकारी आएपछि सुन निकाल्न दौडिएका छन् ।
सुन उत्खनन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
 
किबु प्रान्तमा भेटिएको पहाडमा मानिसको भीड बढेपछि केही समयका लागि उत्खनन रोकिएको एक अधिकारीले बताए ।
 

कंगोका धेरै भागमा सुन भेटिन्छन् ।

त्यहाँ सुन उत्खननको सही आँकडा आउन पाउँदैन । छिमेकी मुलुकहरूबाट ठूलो मात्रामा सुनको तस्करी गरिने गरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्