०९ असार २०८३, मंगलबार

२ हजार ५१२ पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण

फागुन २८, २०७७
२ हजार ५१२ पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रवार २ हजार ५ सय १२ पीसीआर परीक्षण गरिएको मध्ये ४८ जनामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ । 

मन्त्रालयका अनुसार, शुक्रवार ६१ सक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । 

मन्त्रालयका अनुसार, हाल संक्रमितको निको भएको दर ९८.६ प्रतिशत रहेको छ । 

शुक्रवार मृतकको संख्या शून्य छ भने हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्