×

NMB BANK
NIC ASIA

१२ घरका कारण अल्झियो चक्रपथको दोस्रो खण्ड विस्तारको काम [भिडियो रिपोर्ट]

फागुन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

करीब ९८ प्रतिशत साइट क्लियर भइसक्दा पनि चक्रपथको दोस्रो खण्ड (कलंकी–धोवीखोला) सडक विस्तारको काम शुरू हुने मिति टुंगो लाग्न सकेको छैन ।

Muktinath Bank

चीन सरकारको सहयोगमा हुने स्तरोन्नतिको काम काम शुरू गर्नका लागि पहिले नेपाली पक्षले साइट क्लियर गरी दिनुपर्ने हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाराजगञ्जका १२ घरको मुआब्जा विवादका कारण काम कहिले शुरू हुने भन्ने टुंगो लाग्न नसकेको हो । नारायणगोपाल चोकमा २४४ मिटर क्षेत्रभित्रका ती घरधनीले कागजपत्र समेत नबुझाउँदा मुआब्जाको प्रक्रिया अघि बढ्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

त्यस क्षेत्रमा विवाद देखिएका कुल १९ मध्ये ७ घरधनीले कागजपत्र बुझाएको र ६ वटा घरको मुआब्जा तथा क्षतिपूर्ति मूल्यांकन भइसकेको सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन ललितपुरका प्रमुख अर्जुन सुवालले बताए ।

Vianet communication
Laxmi Bank

ती घरहरू कलंकी–घोवीखोला (चाबहिल पुल) सडक खण्डको सर्भिस लेनमा पर्छन् । थोरै समस्या स्वयम्भूमा चैतन्य अगाडि पनि छ । तर त्यहाँ ठूलो समस्या नरहेको सुवाल बताउँछन् । कुल ११ दशमलव ६ किमी लम्बाइको सडक खण्डमध्ये २४४ मिटरमा समस्या रहेको उनको दाबी छ ।

शत प्रतिशत साइट क्लियर नभई काम शुरू नगर्ने चिनियाँ पक्षको अडान छ । 

रुख कटान, विभिन्न कार्यालय तथा घरहरूको पर्खाल भत्काउने र बिजुलीको पोल सार्ने काम लगभग सकिएको सुवालले बताए । उनका अनुसार ९८.९% साइट क्लियर भैसकेको छ ।
विवाद रहेको यो क्षेत्रलाई तत्कालका लागि थाती राखेर अरू कामलाई निरन्तरता दिन माथिल्लो निकायलाई अनुरोध गरिएको उनले बताए ।

गत वर्षको पुसमा मन्त्रिपरिषद्को निर्णयबाट सडकको दायाँबायाँ दुवैतिर ३१/३१ मिटर क्षेत्र अधिग्रहण गरी खाली गराउने प्रक्रिया अगाडि बढेको थियो ।

डीपीआर समेत तयार गरिसकेको चिनियाँ पक्षले काम शुरू भएको ३ वर्षभित्र सम्पन्न गर्ने बताउँदै आएको छ ।

चिनियाँ पक्षले नै यसअघि कलंकी–बल्खु–कोटेश्वर खण्डको स्तरोन्नति गरिसकेको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x