०७ असार २०८३, आइतबार

नेपाल पक्षका सांसदलाई ओलीको निर्देशन - अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिनुस्

फागुन २८, २०७७
नेपाल पक्षका सांसदलाई ओलीको निर्देशन - अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिनुस्
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आफ्नो समूहको केन्द्रीय कमिटी बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशका सांसदहरूलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरूलाई पार्टी निर्णयअनुरुप संचालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन गरेको छ ।'

विज्ञप्तिमा अघि भनिएको छ – 'बैठकले प्रदेशसभाबाट हाम्रो पार्टी संसदीय दलका नेताहरूलाई आफ्ना सदस्यहरूलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आग्रह गरेको छ ।'

यससँगै बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति -

कमेन्ट गर्नुहोस्