
भूमिगत रूपमा सक्रिय रहेको गोहित समूहका दोस्रो तहका नेता रामदिलास यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा आत्मसमर्पण गरेपछि लहान मालपोत सिरहामा विस्फोट भएको छ ।
विस्फोटस्थल नजिकै गोहित समूहको पर्चा समेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदीप राजभण्डारीका अनुसार गोहित समूहका नेता यादवले बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
‘गोहित समूहको सेकेन्डम्यानका रूपमा रहेका रामदिलासले आत्मसमर्पण गरेपछि विष्फोट भयो र घटनास्थलमा गोहित समूहको पर्चा भेटिएको छ,’ एसपी राजभण्डारीले लोकान्तरसँग भने ।
विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारीसहित ८ जना घाइते भएका छन् ।
धनगढीका दिनेशकुमार भण्डारीको खुट्टाको मासु उछिट्टिएपछि थप उपचारका लागि नेपाली सेनको हेलिकप्टरमा काठमाडौं पठाइएको एसपी राजभण्डारीले बताए ।