११ असार २०८३, बिहीबार

रामपुरमा ६० लाख रुपैयाँको दृश्यावलोकन स्तम्भ बन्दै

चैत ३, २०७७
रामपुरमा ६० लाख रुपैयाँको दृश्यावलोकन स्तम्भ बन्दै
प्रतिकात्मक तस्वीर

पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरू गरिएको छ ।

रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माण कार्य अगाडि बढाइएको छ ।

नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरूप करीब ५० फिट अग्लो (४ तलाको) दृश्यावलोकन स्तम्भ निर्माण गर्न १६ लाख रुपैयाँ रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए ।

उनका अनुसार निर्माण सम्पन्न गर्न करीब ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बेझाड बजारदेखि सवारीसाधनमा करीब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकीबेंसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ । रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण शुरू गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

अहिले भने दृश्यावलोकन स्तम्भ निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहक आउने क्रम बिस्तारै बढ्दैछ । दृश्यावलोकन स्तम्भ निर्माणकार्यले गाउँमा विकासको लहर अगाडि बढेको अनुभूति स्थानीयले गरेका छन् ।

दृश्यावलोकन स्तम्भ निर्माण गरिने क्षेत्रमा उद्यान लगायतका विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको ५ वर्षभित्र काम सक्ने गरी निर्माण अगाडि बढाएको जनाएको छ ।

सो क्षेत्रमा क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय वसन्तराम ठाडा, चेतनाथ पङ्गेनी, विष्णुबहादुर सेनले २/२ आना जग्गा सहयोग गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्