०५ असार २०८३, शुक्रबार

थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४९५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ९४ संक्रमित निको भएका जनाइएको छ ।

मंगलवार देशभर सक्रिय संक्रमितको संख्या ९१५ रहेको मन्त्रालयले जनाएको छ ।

मंगलवार कोरोनाले थप कसैको पनि मृत्यु भएन । कोरोनाले मृत्यु हुनेको कूल संख्या ३ हजार १४ रहेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्