०५ असार २०८३, शुक्रबार

भारत : साईबाबाको मूर्ति हटाइएपछि विवाद

बैशाख १५, २०७८
भारत : साईबाबाको मूर्ति हटाइएपछि विवाद

भारतको राजधानी दिल्लीस्थित हौज खासमा साईबाबाको मन्दिरबाट मूर्ति हटाएको र हटाउनेहरूले उनी मुस्लिम हुन् भनेको भिडियो सार्वजनिक भएपछि बाबाका भक्तहरूले उजुरी गरेका छन् । 

भिडियोमा देखिएका व्यक्तिहरूले आफूविरुद्ध लागेको साम्प्रदायिकताको आरोपको खण्डन गरेका छन् भने एक जोधाहा नेताले साईबाबालाई जिहादी भनेका छन् । 
 

साईबाबा ईसाको १९औं शताब्दीमा महाराष्ट्रको शिरडीमा बस्ने आध्यात्मिक महापुरुष थिए । उनलाई हिन्दू र मुसलमान दुवैले पूजा गर्थे ।

प्रहरीका अनुसार, साईबाबाको मूर्ति पुराना शिव मन्दिरबाट मन्दिर समितिका सदस्य तथा स्थानीयले हटाएका थिए ।

‘मूर्ति मन्दिर समितिका सदस्य पदम पँवरले राख्न लगाएका थिए । अहिले तिनै पदमले समितिका अन्य सदस्य भरत पँवर, जिया पँवर, सत्यनारायण, नरेश, मोहन पँवर र पण्डितजीसँग मिलेर स्थानीय बासिन्दाको सम्मतिमा नयाँ मूर्ति स्थापना गर्न खोजेका हुन्,’ एक वरिष्ठ प्रहरी अधिकृतले बताएको भनी भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

घटनाको भिडियो सामाजिक सञ्जालमा मार्च महिनाको अन्त्यतिर देखिन थालेको थियो । मूर्ति हटाउने क्रममा एक व्यक्तिले भनेको सुनिन्छ, ‘उनी भगवान् हैनन् । उनको मृत्यु सन् १९१८ मा भएको थियो । उनी मुसलमान हुन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्