३१ जेठ २०८३, आइतबार

बनाइयो एउटा गोडामा मात्र लगाउने जीन्स प्यान्ट, कसले लगाउँछ यस्तो ?

चैत २५, २०७७
बनाइयो एउटा गोडामा मात्र लगाउने जीन्स प्यान्ट, कसले लगाउँछ यस्तो ?

फेशनको संसारमा नयाँ नयाँ परीक्षण गरिन्छन् तर कहिलेकाहीँ निकै विचित्रका डिजाइन चर्चित भइरहेका हुन्छन् । 

यस्तै विचित्र डिजाइन अमेरिकाको कोचेला फेशन फेस्टिभलमा देखियो । त्यहाँ मोडलहरू एउटा गोडामा पूरा जीन्स अनि अर्कोमा ह्वांगै भएर उपस्थित भए । त्यसपछि फेशनका पारखीहरूमाझ यस जीन्सको चर्चा चल्यो । 

यस्तो जीन्सको तस्वीर सामाजिक सञ्जालमा आएपछि मानिसहरूले यस्तो विचित्रको कपडा कसले पो लगाउला भनी टिप्पणी गरेका छन् । 

अमेरिकी अभिनेत्री रायन डेस्टिनीले इन्स्टाग्राम अकाउन्टमा हाफ जीन्स लगाएर तस्वीर राख्दा यस्तै किसिमका टिप्पणी आएका थिए । 

केहीलाई चाहिँ यो जीन्स मन परेर भइरहेको जीन्सलाई काटेर यस्तै बनाउने समेत बताइरहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्