०८ साउन २०८३, शुक्रबार

अफगानिस्तानमा मारिए बीस लडाकू

अफगानिस्तानमा मारिए बीस लडाकू
सांकेतिक तस्वीर

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारवाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।

देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए ।

'इमाम सहीब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरू मारिएका छन्,' उनले सिन्ह्वासँग भने ।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरूले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्