
नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।