३१ असार २०८३, बुधबार

नेप्सेमा उच्च अंकको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

बैशाख २८, २०७८
नेप्सेमा उच्च अंकको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलवार २७.४७ बिन्दुले उकालो लागेर २ हजार ६७३.३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै ६ अर्ब बराबर भएको छ ।

नेप्सेका अनुसार कूल २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । 

जीवन बीमा २६७.१८, व्यापार २२१.६७  र निर्जीवन बीमा  १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।

मंगलवारको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च विन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल ३७ खर्ब ९ अर्ब ५ करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ ।

नेप्सेका अनुसार मंगलवार बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए ।

विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोबार भयो । अपि पावर २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

salt training

कमेन्ट गर्नुहोस्