१० असार २०८३, बुधबार

भारत : मास्क नलगाइकन हिँड्नेलाई मुर्गा बन्ने सजाय

बैशाख २९, २०७८
भारत : मास्क नलगाइकन हिँड्नेलाई मुर्गा बन्ने सजाय

भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा कोरोना संक्रमणका रोगी दिनदिनै बढिरहेका छन् । 

तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । दिनदिनै सयौं मानिस सडकमा घुमिरहेका छन् । 

तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् ।

त्यस्तो मानिसलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ । 

अनावश्यक रूपमा सडकमा हल्लिँदै हिँड्नेहरूले सजाय पाएका हुन् । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो । 

प्रहरी एएसआई सन्तोष रजकले संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको बताए । 

मानिसहरूलाई सचेत बनाउन प्रशासनले र्‍यापिड याक्सन फोर्स बनाएको छ । मास्क नलगाई हिँड्नेलाई सजायका रूपमा मुर्गा र भ्यागुता बनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्