
कोरोना भाइरस संक्रमणबाट काठमाडौंं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।
जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा बिहीवार निधन भएको हो ।
उनका अनुसार २ हप्ताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । श्रेष्ठलाई शुरूमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
मृतक श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो ।