०७ असार २०८३, आइतबार

मौसममा अरब सागरमा रहेको चक्रवातको प्रभाव, वर्षाको सम्भावना

मौसममा अरब सागरमा रहेको चक्रवातको प्रभाव, वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही चक्रवातको प्रभावका कारण हिमाल आरोहण समेत प्रभावित बनेको छ । 

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ भने मंगलबार दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

यस्तै पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

यसैगरी देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। यस्तै केही स्थानमा वर्षाको सम्भावना समेत रहेको छ । 

कमेन्ट गर्नुहोस्