१२ साउन २०८३, मंगलबार
प्रधानमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

सभापति देउवालाई प्रधानमन्त्री ओलीको जवाफ : कोभिड हटाउन रातभर बसेर काम गरिरहेको छु

सभापति देउवालाई प्रधानमन्त्री ओलीको जवाफ : कोभिड हटाउन रातभर बसेर काम गरिरहेको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रातभर बसेर काम गरिरहेको बताएका छन् ।

कोभिड नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको टोलीलाई ओलीले आफूले रातदिन काम गरिरहेको बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले काम गरिरहेको बताएका जानकारी दिए । ‘रातदिन काम गरिरहेका छौं, कोभिड हटाउन रातभर बसेर काम गरिरहेको छु भन्नुभयो,’ डा. महतले लोकान्तरसँग भने, ‘म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्नुभयो ।’

कांग्रेसले बिहीवार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

पढ्नुहोस् ज्ञापनपत्र – 

कमेन्ट गर्नुहोस्