०१ असार २०८३, सोमबार

फोहोर सफा गर्ने क्रममा सेनाले भेट्यो सगरमाथामा दुई शव

फोहोर सफा गर्ने क्रममा सेनाले भेट्यो सगरमाथामा दुई शव

 “सफा हिमाल अभियान २०२१” अन्तर्गत् सगरमाथाको फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाले चौथो शिविर (Camp–IV, 8000 Mtr) आसपासमा दुई शव फेला पारेको छ ।  फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्चामत सोमबार हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सन् २०१९ मा सगरमाथाको आरोहण पश्चा त फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय Christopher Kulish को अर्का एक जनाको शवको पहिचान हुन सकेको छैन । गरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा शव फेला परेको थियो । 

अभियान अन्तर्गत् संकलित फोहोरहरु जेठ २२ गते विश्वज वातावरण दिवसको अवसर पारेर एकमुस्ठ रुपमा रिसाइक्लिङ गर्ने प्रयोजनको लागि हस्तान्तरण गर्ने योजना रहेकोमा हालको महामारीको कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्ने बताइएको छ । यसै क्रममा आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्जय तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर Avni Venture लाई हस्तान्तरण गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्