कोरोना नियन्त्रणमा २४ सै घण्टा खटिएका छौं : एसएसपी सिँह (भिडियोसहित)

 कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । अहिले प्रहरी कोभिड १९ को चेन ब्रेक र जनताको सुरक्षाका लागि दिनरात नभनि खटेको उनको भनाइ छ ।
‘अपराध नियन्त्रण गर्ने एक तर्फको चूनौती र कोरोना कालमा देखिएका समस्याहरुलाई प्रहरीले कसरी न्यूनिकरण सुरक्षा प्रधान गर्ने भन्ने विषयमा योजना बद्ध र दिनरात नभनि खटिएर काम गरिरहेका छौं,’ एसएसपी सिँहले लोकान्तरसँग भने,‘कोरोना भाइरसको दोस्रो लहरका कारणले देखिएको अक्सिजनको अभावमा काठमाडौं प्रहरीले अहोरात्र खटिएर सुरक्षाका साथै अक्सिजन जाहो गर्न पनि लागेको छ ।’


Advertisement

निषेधाज्ञा जारी भएपछि कोभिड १९ को चेन ब्रेक गर्नको लागि विषेश सुरक्षा योजना बनाएका थियौं । त्यसमा कोरोना नियन्त्रणमा सहयोगका साथै समाजमा हुन घटनालाई नियन्त्रण गर्नको लागि विषेश योजना बनाएर लगेको एसएसपी सिँहले बताए । 

कोरोना भाइरसको संक्रमणले घरमा बसेको अवस्थामा घरेलु हिँसा र लागूऔषधका घटनाहरु बढी बढेको एसएसपी सिँहले बताए । 

‘श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या समेत भएका छन्,’ एसएसपी सिँहले भने ।

यस्तो समयमा ह्यान्ड सेनिटाइजर, मास्क, अक्सिजन, अक्सीमिटर लगायतका अत्यावश्यक वस्तुहरुको कालोबजारी गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कानून बमोजिमको कारवाही गरेको काठमाडौं परिसरले जनाएको छ ।
‘कोरोना उपचारमा चाहिने रेम्डीसिभिर, अक्सिमिटर, ह्यान्ड स्यानिटाइजर लगायतका सामानहरु कालोबजारी गर्ने व्यक्ति र मेडिकल पसललाई समेत कानूनी दायरामा ल्याएका छौं,’ एसएसपी सिँहले लोकान्तरसँग भने,‘अहिले कालोबजारी गर्ने धेरै व्यक्ति सिडियो कार्यालय मार्फत निर्णय गरेर पूपक्र्षको लागि कारागार चलान समेत भएका छन् ।’

काठमाडौं परिसर मातहतका खटिएका प्रहरी कर्मचारीहरुले स्वास्थ्य मापदण्ड अपनाएर काम गरिरहेको र जसले गर्दा कोरोना संक्रमण प्रहरीमा कम भएको छ भने स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिएको एसएसपी सिँहले बताए ।

काठमाडौं प्रहरीले सडकमा खटिँदा, होल्डिङ जोनहरुमा पीपीई, पञ्जा, मास्क लगाएर डियुटी खटिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारीको निर्देशन बमोजिम चल्न पाउने अत्यावश्यक सवारी साधानहरु, खाद्यान्नका सवारी साधानहरुलाई निर्वाधरुपमा चल्न दिएको एसएसपी सिँहले बताए ।


 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्