३१ जेठ २०८३, आइतबार

सबै मानिस १२० वर्षसम्म बाँच्न सक्लान् ? इजरायलका वैज्ञानिकले गरे मुसामा परीक्षण

भदौ ३, २०७८
सबै मानिस १२० वर्षसम्म बाँच्न सक्लान् ? इजरायलका वैज्ञानिकले गरे मुसामा परीक्षण

इजरायलका वैज्ञानिकहरूले मुसाको जीवन २३ प्रतिशतसम्म बढाउने तरिका पत्ता लगाएका छन् ।

यो महत्त्वपूर्ण अनुसन्धान मानिसहरूमा लागू गरिएमा मनुष्यको औसत आयु १२० वर्ष पुग्नेछ । 

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले एसआइआरटी६ नामक प्रोटीनको आपूर्ति बढाएर २५० वटा मुसाको जीवनकाल २३ प्रतिशतसम्म बढाए । 

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, एआईआरटी६ प्रोटीनले वृद्धावस्था प्रक्रियालाई कमजोर बनाउँछ । 

नेचर कम्युनिकेसन्समा प्रकाशित एक अनुसन्धान अनुसार, यस प्रोटीनले भरपूर पशुहरूमा क्यान्सरबाट संक्रमित हुने खतरा पनि कम हुन्छ । 

बार इलान विश्वविद्यालयका प्राध्यापक ह्याम कोहेनका अनुसार, ‘औसत आयु बढाउने यो परीक्षण अत्यन्त महत्त्वपूर्ण छ । मानवमा यो परीक्षण सफल भएमा १२० वर्षसम्म हामी बाँच्न सक्छौं ।’
 

कोहेनको प्रयोगशालाले मानिसको शरीरमा एसआईआरटी६ नामक प्रोटीन सुरक्षित रूपमा बढाउनका लागि अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्