०१ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

नेपाली बजारमा सोमवार फेरि सुनको मूल्य उकालो लागेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतवार यस्तो सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । 

सोमवार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदीको मूल्य पनि बढेको छ । 

यस दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिन चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्