०५ असार २०८३, शुक्रबार

हामी माओवादीमा फर्कने बाटो नै छैन– मणि थापा

हामी माओवादीमा फर्कने बाटो नै छैन– मणि थापा

नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरु असन्तुष्ट रहेको चर्चाका बीच निवर्तमान मन्त्री मणि थापाले पुरानो पार्टीमा फर्कने बाटो नभएको बताएका छन् ।

नेकपा एमालेमा समावेश हुने निर्णयमा आफूहरू दृढ रहेको उनले बताए । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका थापाले पार्टी नेतृत्वमा केही कन्फुजन रहे पनि आफूहरूमा नरहेको बताएका हुन् ।

‘बालुवाटार कन्फ्युज छ भने फरक कुरा भयो तर हामी कन्फ्युज छैनौं । पुरानो पार्टीमा फर्कने बाटो नै छैन,’ थापाले भने । 

नेकपा विभाजनको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेका नेताहरू सर्वोच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहेका थिए ।

एमालेको विवाद समाधान गर्न जेठ २ गतेको अवस्थामा फर्किने चर्चा चलिरहेको समयमा पूर्व माओवादी पक्षका नेताहरू रनभुल्लमा रहेको टिप्पणी भइरहेको छ । 

पूर्वमन्त्री थापाले भने आफूहरू कुनै कन्फ्युजनमा नरहेको बताएका छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेता माओवादी छाडेर एमालेमा लागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्