०६ साउन २०८३, बुधबार

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विवादको विषयमा छलफल गर्न नपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेका लागि बैठक बोलाइएको छ । पूर्व पदाधिकारी र सदस्यता छानविन समितिको सदस्यसहितको बैठक राखिएको एक नेताले जानकारी दिए ।

क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ । 

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले क्रियाशील सदस्यको सूचीको छानविन गरिरहेको छ ।

सूचीमा सभापतिले हस्ताक्षर गरी निर्वाचन समितिलाई बुझाउने अवधी असार ३० गतेसम्म तोकिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । महाधिवेशन मिति आउन २ महिना मात्र बाँकी रहेको समयमा कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंगाउन सकेको छैन ।

कांग्रेसको गाउँ नगर वडा अधिवेशन साउनको १२ गतेदेखि शुरु हुँदैछ । 

कमेन्ट गर्नुहोस्