१० असार २०८३, बुधबार

फूटबल खेलाडीले मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव (भिडियो)

असार २१, २०७८
फूटबल खेलाडीले मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव (भिडियो)

अमेरिकाका फूटबल खेलाडी हसनी डटसन स्टिफेन्सनले आइतवार मेजर लीग सकरको खेलपछि मैदानमै आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् । 

त्यतिखेर उपस्थित हजारौं दर्शकले यस प्रस्तावलाई १० मिनेटसम्म ताली बजाएर स्वागत गरेका थिए । 
 

हसनीको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल बनिरहेको छ । 
 

हसनीले स्यान जोस अर्थक्वेकविरुद्ध आफ्नो क्लब मिनेसोटा एफसीको २–२ गोल बराबरी भएपछि प्रेमिका पेट्रा वुकोविचलाई मैदानमा बोलाए । त्यसपछि उनले घुँडा टेकेर दर्शक र अन्य खेलाडीका अगाडि प्रेमिकालाई प्रपोज गरे । उनले पेट्रालाई औंठी पनि लगाइदिए । 
 

पेट्राले यसको तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्