
प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरिकाले बधाई तथा शुभकामना दिएको छ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले मंगलबार राति देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।
नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो सम्बन्धको स्मरण गर्दै बेरीले देउवासँग सहकार्यले सम्बन्ध थप मजबुद हुने विश्वास लिएका छन् ।