०३ साउन २०८३, आइतबार

जसपा आधिकारिकता विवाद : सनाखतका लागि नागरिकता बोकेर उपेन्द्र-बाबुराम पक्ष निर्वाचन आयोगमा

जसपा आधिकारिकता विवाद : सनाखतका लागि नागरिकता बोकेर उपेन्द्र-बाबुराम पक्ष निर्वाचन आयोगमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादमा सोमवार निर्णय लिँदैछ । त्यसका लागि आयोगले जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ । 

सनाखतका लागि उपेन्द्र-बाबुराम पक्षका नेताहरू आयोगमा पुगेका छन् । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेताहरूलाई छुट्टाछुट्टै लाइनमा राखिएको छ । 

यसअघि आधिकारिकताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । 

यस विषयमा आयोगले इजलास गठन गरेर सुनुवाइ गरेपछि हेड काउन्टकै आधारमा निर्णय गर्ने तय गरेको थियो ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्