×

NMB BANK
NIC ASIA

टाटाको बहुप्रतीक्षित नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

साउन १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । 

Muktinath Bank

टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले मंगलवारदेखि नयाँ टाटा नेक्सन ईभीको बिक्री वितरण शुरू गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ । 


Advertisment
Nabil box
Kumari

टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ । 

Vianet communication
Laxmi Bank

इच्छुक ग्राहकहरुले १६६००१५५७७७ नम्बरमा कल गरी वा www.tatamotors.com.np/tata-nexon-ev (भर्खर मा आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्ता ग्राहकहरुलाई गाडी विक्री गर्दा प्राथमिकताको सूचीमा राखिनेछ । कम्पनीको अनुसार बुकिङ गर्दा ग्राहकहरुले रु २५,००० बराबरको रकम ( फिर्ता हुने ) बुझाउनु पर्दछ । नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा “टेस्ट ड्राइभ“को लागि उपलब्ध रहेको छ । 

नेक्सन ईभी सार्वजनिक गर्दै टाटा मोटर्स् प्यासेन्जर भेहिकल्स इन्टरनेशनल विजनेस हेड मयाङ्क वाल्डीले भने, ‘अत्याधुनिक ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरुको अनुभवलाई नँया उचाईमा पुर्याउने छ । उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिंङ्ग सञ्जालको साथ नेक्सन इभी ग्राहकवर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ । यसले कम भन्दा कम खर्चमा धेरै भन्दा धेरै खुसी र सन्तुष्टि प्रदान गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ । हाम्रो ग्राहकको नेक्सन इभीसंगको अनुभव सुखद् र अविस्मरणीय रहोस् भनि टाटा मोटर्सको तर्फबाट कामना ब्यक्त गर्दछु ।’

त्यस्तैगरी सिप्रदी ट्रेडिङ्ग प्रा.लिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब. राणाले  भने,‘टाटा मोर्टस संगको हाम्रो साझेदारी निरन्तर बलियो भन्दा बलियो भईरहेको छ, र नेपालमा नेक्सन इभीको विक्री वितरणको आरम्भ यस्तो सम्बन्धमा एक अर्को कोशे ढुंगा हो । यस गाडीले नेपालमा इभीको प्रयोगलाई प्रभावकारी ढंगले प्रोत्साहन गरी नेपाली ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षालाई परिपूर्ति गर्नेछ । हामी नेपालको समग्र यातायात क्षेत्रको हरित र दिगो विकासको यात्रामा सहभागी हुन पाउँदा खुसी छौं र आउँदो दिनहरुमा नेपाली ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादन प्रदान गर्न पनि प्रतिवद्ध छौं ।’

सन् २०२० को जनवरीमा भारतमा विक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमै त्यहाँको विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत ( आ.व. २०२१/२२ को पहिलो त्रैमासिक विवरण अनुसार ) हिस्सा ओगटेको छ । यसरी यो गाडीले आज भारतको  सबैभन्दा बढी विक्री हुने इलेक्ट्रिक एसयूभीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । साथै ४५०० भन्दा बढी भारतीय परिवारले रुचाएको टाटा नेक्सनले १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले यो अहिलेसम्मको सबैभन्दा बढी पुरस्कारबाट सम्मानित हुने ईभी पनि हो ।    

टाटा मोटर्स्ले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पुर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्गको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।

लामो दुरीको लागि उपयुक्त र सुरक्षा सम्बन्धि अत्याधुनिक विशेषता भएको नेक्सन इभीको डिजाइन आकर्षक छ भने यसले जिप्पी पफर्मेन्स ( छिटो गतिमा गुड्न सक्ने ) गर्दछ । साथै, यस गाडीको ब्याट्रीको आयु लामो हुनुको अतिरिक्त यसलाई आफ्नै घरमा बिना झन्झट अत्यन्त छोटो अवधिमै चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x