११ असार २०८३, बिहीबार

१० राष्ट्रिय राजमार्ग पूर्ण अवरुद्ध, ९६ सडक एकतर्फी सञ्चालनमा

१० राष्ट्रिय राजमार्ग पूर्ण अवरुद्ध, ९६ सडक एकतर्फी सञ्चालनमा
फाइल तस्वीर

मनसुन शुरू भएसँगै मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण मुलुकभरका १ सय ५८ राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ । 

सडक विभागले दिएको जानकारी अनुसार,बुधवारसम्म १० राष्ट्रिय राजमार्गहरू पूर्ण अवरुद्ध रहेका छन् । 

गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति भएको हो ।

यस्तै ९६ सडकहरू मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने ५२ सडकहरू दुवैतर्फ नै सञ्चालन भइरहेका छन् ।

वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्षति पुगेको छ । 

यी जिल्लाका विभिन्न सडक तथा पुलमा क्षति हुँदा सडक अवरुद्ध बनेको हो । 

सडक मर्मतसम्भार भइरहेपनि अविरल वर्षाका कारण पटक पटक क्षति भएकाले सञ्चालनमा ल्याउन कठिनाई भएको विभागको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्