
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
बहालवाला प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि अभियोगपत्र राजनीतिक प्रस्तावका रूपमा ल्याएपछि नेकपाभित्र अन्तरसंघर्ष चर्किएको उनले बताए ।
नेकपा एमाले बुटवल उपमहानगरले बुधवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै केपी शर्मा ओलीले पार्टीभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
एमालेका अधिकांश नेताहरूले विकल्प नै नभएर प्रतिनिधिसभा विघटन गरेको बताउने गरेका छन् । ‘नेकपाभित्र अन्तरसंघर्ष हुँदैन्थ्यो भने बहालवाला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन किन गर्थ्यो, गर्ने कुरै हुँदैन्थ्यो,’ नेता पोखरेलले भने ।
उनले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको आरोप लगाए । ‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरू हुन्,’ उनले भने ।
उनले प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रूपमा विभाजनको मूल कारक रहेको बताए । ‘आन्दोलनकारी, अभियान्ता जस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरू पाखा लाग्नुभएको रहेछ,’ उनले भने ।
उनले नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै केपी ओलीलाई एकताविरोधी बनाउन खोजिएको बताए । अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ ।
उनले माधवकुमार नेपालले एमालेलाई १५ वर्षसम्म एकल नेतृत्व गरेको बताउँदै त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको बताए । उनले प्रचण्डसँग मिलेर माधव नेपालले केपी ओलीलाई राजनीतिक रूपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको बताए ।