
इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ ।
यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिनेछ ।
यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।
यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।