२८ जेठ २०८३, बिहीबार

चुनावको मुखमा राजपालाई झड्का, कोषाध्यक्ष एमालेमा प्रवेश

कात्तिक २०, २०७४
चुनावको मुखमा राजपालाई झड्का, कोषाध्यक्ष एमालेमा प्रवेश
काठमाडौं ४ असार – स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतवार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले यादवलाई एमाले प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ मा चुनाव सार्ने निर्णयमा षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले उक्त मितिको चुनावमा पनि राजपा सहभागी हुने कुनै निश्चितता नभएको भन्दै सरकारले कुटिलता पूर्वक चुनाव सारेको आरोप लगाएका हुन् । ओलीले प्रदेश र संघीय चुनावका लागि केही काम नभएको भन्दै त्यसका लागि प्रधानमन्त्रीले कहिले काम गर्छन् भन्दै प्रश्न गरे ।

ओलीले एमाले संशोधनको विरोधी नभएको भन्दै बलजफ्ती र कसैको सम्झौता कार्यन्वयनका लागि एमाले नलाग्ने प्रस्ट पारे ।

कार्यक्रममा ओलीले एमाले अब देशको प्रमुख दल बनेर र सधै सत्तारुढ पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तहमा सबैभन्दा धेरै स्थानमा एमाले सत्तारुढ दल दावी रहेको बताएका हुन् ।

‘२०७० सालमा भएको संविधान सभाको रुपान्तरित संसद्मा मात्र एमाले प्रतिपक्ष हो, अधिकाशं स्थानीय तहमा एमाले सत्तासिन बनिसकेको छ’ ओलीले भने, ‘स्थानीय तहमा पनि पहिले जस्तो ४५ प्रतिशतले मात्र पुग्दैन ।’

अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा एमाले कमजोर भन्ने हल्ला गलत भएको बताए । ‘कतिपयलाई चिसो लाग्ला तर, असोज २ गतेको चुनावी नतिजाले हल्लालाई उडाएर लान्छ’ ओलीले भने, ‘सबै प्रदेश एमालेले जित्छ, दुइमा के हुन्छ भन्ने कुरा संयमता पूर्वक पखौ ।’

एमाले प्रवेश गरेकी यादवले मधेस केन्द्रित दलहरुबाट मधेसको हित हुने नदेखेर एमाले प्रवेश गरेको बताइन् ।
बिभिन्न मधेशवादी दल एक भएर वनेको राजपा नेपाल गठन भएपछि मधेसको अधिकार र पहिचानको मुद्दा विर्सेर अन्य खेलमा लागेको नेतृ अनिता यादवले आरोप लगाइन् ।

लामो समयपछि हुन लागेको स्थानीय चुनावमा राजपा नेपाल भाग नलिएर मधेसी जनताको अधिकार खोसेको उनको आरोप थियो ।

संबिधानसभाको निर्वाचनमा धनुषा– ५ मा कांग्रेसका चन्द्रमोहन यादवले ११ हजार ७ सय ५ मत ल्याई निर्वाचित हुँदा एमालेका रघुवीर महासेठले १० हजार २३ मत पाएका थिए भने अनिताले तमलोपाबाट ८ हजार ३ सय ६५ मत पाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्