×

NMB BANK
NIC ASIA

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा

कात्तिक १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।  

Muktinath Bank

पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित भएको थियो । कोभिड–१९ पूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्ने बताइएको छ । धन्दुर सिद्धगुफा समितिका अध्यक्ष दधिराज सुवेदीले  विस्तारै जनजीवन सामान्य बन्दै गएकाले पर्यटक आउने विश्वास गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धगुफा परिसरमा चमेरो र सिद्ध गुफा समेत छन्  । चमेरो गुफाको लम्बाइ करिब एक हजार ५०० मिटर छ भने सिद्धगुफाको लम्बाइ ३०० मिटर छ । सिद्धगुफा तीन तलाको छ । परापूर्वकालमा शिकारीले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफाभित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

वर्षायाममा पानी पर्दा मोहोरियाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीको भेल निस्कने गरेको बताइन्छ । चमेरो गुफा नेपालकै लामो गुफा रहेको दाबी गरिएको छ । सिद्धगुफा पहिला सात तलासम्म रहेकामा पछि आफैँ पुरिँदै गएर अहिले चार तलासम्म मात्र रहेको अध्यक्ष सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

भिमाद बजारबाट पश्चिमतर्फ तीन किमी दूरीमा रहेको सिद्धगुफाको धार्मिक ऐतिहासिक महत्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्धगुफाभित्र स्वनिर्मित आकर्षक ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृतिले पर्यटकलाई लोभ्याउने गर्दछ । सिद्धगुफाभित्र रहेको गाईको थुनमुनि कुनै पनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहँदै आएको छ । 

बजारको होहल्ला र कोलाहलबाट मुक्त हुन धेरैजसो व्यक्ति यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्छ । यो ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य छ । गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र गुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।
        
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x