३१ असार २०८३, बुधबार

म्यान्मारमा कूको विरोध गर्नेहरूलाई थुनामुक्त गरिने

कात्तिक १, २०७८
म्यान्मारमा कूको विरोध गर्नेहरूलाई थुनामुक्त गरिने

म्यान्मारमा पोहोर साल सेनाले गरेको कूको विरोध गर्ने पाँच हजारभन्दा बढी मानिसलाई थुनामुक्त गरिने त्यहाँका सेनाप्रमुख मिन आङ ह्लाइङले बताएका छन् । 

अक्टोबर महिनाको अन्त्यतिर थादिनग्युत पर्वको अवसरमा ५ हजार ६ सय ३६ जना कैदीलाई मुक्त गरिने उनले सोमवार बताए । 

आसियानको बैठकमा मिनलाई सहभागी हुन नदिने भनिएको केही दिनपछि कैदीहरूलाई थुनाबाट मुक्त गरिने घोषणा भएको हो । म्यान्मारमा हिंस्रक संकट अन्त्य गर्न नसकेको भन्दै आसियानले मिनमाथि रोक लगाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्