१३ साउन २०८३, बुधबार

बाढीपहिरोले गरेको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

कात्तिक ३, २०७८
बाढीपहिरोले गरेको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले गरेको क्षतिबारे बुझ्न सुदूरपश्चिम जाने भएका छन् । 

स्रोतका अनुसार सुदूरपश्चिमको वस्तुस्थिति बुझ्न देउवा सम्भव भए आजै नभए भोलि (बिहीवार) जाने भएका हुन् । 

विपद् व्यवस्थापन परिषद्को बैठकअघि बालुवाटारमा उनले मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार र बाढीपहिरोले क्षति पुगेका किसानलाई राहतको कार्यक्रम घोषणा गर्ने बताएका थिए । साथै उनले उद्धार हुन बाँकी रहेकाहरूको विषयमा पनि निर्णय लिने बताएको स्रोतको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्