३१ जेठ २०८३, आइतबार

नासाले अन्तरिक्षमा उमार्‍यो भेडेखुर्सानी

कात्तिक १६, २०७८
नासाले अन्तरिक्षमा उमार्‍यो भेडेखुर्सानी

अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडेखुर्सानी उमारेको छ । 

प्लान्ट ह्याबिटाट–०४ मा उमारेको भेडेखुर्सानीलाई अन्तरिक्षयात्रीहरूले स्वादिलो परिकार बनाएर खाएका छन् । 

नासाका अनुसार, यो भेडेखुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो । अन्तरिक्षमा यसलाई फलाउनु निकै चुनौतीपूर्ण भएको नासाको कथन छ । 

यो फलाउन र विकसित हुन धेरै समय लाग्छ । 

नासाकी अन्तरिक्षयात्री मेगन म्याकआर्थरले भेडेखुर्सानी भाँचेको अनि त्यसको डिनर खाएको तस्वीर सार्वजनिक गरेकी छन् । 

यसअघि नासाले अन्तरिक्षमा पालुंगो फलाइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्