१० असार २०८३, बुधबार

प्रेस काउन्सिल नेपाललाई बलियो बनाउन सुझाव

प्रेस काउन्सिल नेपाललाई बलियो बनाउन सुझाव

अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूको छ ।

‘काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’  अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा पत्रकार अमित ढकालले भने । ढकालले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राखे ।

कार्यक्रममा अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापालगायतले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राखेका थिए ।

गाउँलेले काउन्सिलले अन्य सामाजिक सञ्जालभन्दा अनलाइनमा केन्द्रित भई नियमन गर्न सुझाए । यस्तै थापाले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतैले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय अनलाईनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्