११ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यस्तै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति  देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्