१६ असार २०८३, मंगलबार

पतिले दाह्री नकाट्दा घरमा दिनदिनै कचकच, ‘तलाक’ दिने पत्नीको चेतावनी

मंसिर ९, २०७८
पतिले दाह्री नकाट्दा घरमा दिनदिनै कचकच, ‘तलाक’ दिने पत्नीको चेतावनी

पतिपत्नीबीच विभिन्न कारणले विवाद भएका घटना सार्वजनिक हुन्छन् । भारतको उत्तर प्रदेशमा पतिको दाह्रीका कारण परिवारमा विवाद देखिएको छ ।

बिहेपछि पत्नीलाई पतिलाई पटक–पटक दाह्री काट्न आग्रह गरिन् । तर पति इमाम भएका कारण धार्मिक हिसाबले दाह्री काट्न नपाइने अडानमा बसे । इमामले दाह्री काट्न नहुने धार्मिक विश्वास छ ।

धार्मिक हिसाबले दाह्री काट्न नपाइने, पत्नीले दाह्री काट्न दबाब दिने भएपछि इमामले प्रहरीमा उजुरी गरेका छन् । पत्नीले आफू मोडल भएकाले दाह्री काट्नैपर्ने दबाब दिएकी छन् । दाह्री नकाटे तलाक दिने पत्नीको चेतावनी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पतिले दाह्री नकाटेर उत्पन्न पारिवारिक विवादमा प्रहरीले खासै केही छानबिन गर्न सकेको छैन । समस्याको समाधान नदेखिएपछि प्रहरीले उजुरी दर्ता पनि गरेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्