३१ जेठ २०८३, आइतबार

अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुंगाले लागेर भारतीय मजदुरको मृत्यु

मंसिर १६, २०७८
अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुंगाले लागेर भारतीय मजदुरको मृत्यु

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत १ मजदुरको मृत्यु भएको छ । 

चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।

बुधवार राति सुरुङभित्र काम गर्ने क्रममा ढुंगाले लागेर भारतीय मजदुर सिंह घाइते भएका थिए ।

उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

सुरुङभित्र काम गर्न मजदुरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदुरको गुनासो छ । 

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदुरलाई समस्या भएको छ । हाल आयोजनामा नेपाली र भारतीय गरी झण्डै ३ हजार मजदुर कार्यरत छन् ।

काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदुरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरूको माग छ । 
 

salt training

कमेन्ट गर्नुहोस्