
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पुष्करराज ओझा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश खुल्लामा उम्मेदवार बनेका छन् ।
उनले २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर २, ‘क’ बाट प्रदेश सभा सदस्यको चुनावमा समेत प्रतिस्पर्धा गरेका थिए ।
२०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो ।
विभिन्न आन्दोलनमा उनले जेलनेल पनि भोगेका थिए ।